काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ ।
मंगलबार सुनको भाउ तोलामा एक हजार चार सय र चाँदीको ४५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै छापावाला सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
यता, सोमबार प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको असली चाँदी आज तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
				
															




