Nidan Media

पोखराका तीन स्थानबाट २० जुवाडे पक्राउ, छ लाख बढी नगद बरामद

पोखरा । तिहारको समयमा पोखराका विभिन्न स्थानमा जुवा खेलिरहेका २० जना रंगेहात पक्राउ परेका छन् ।

जसमध्ये पोखराको नयाँबजारबाट पाँच, विजयपुरबाट सात जना, मोहरिया टोलबाट आठ जना छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार तीन वटै जुवा खालबाट छ लाख दुई हजार एक सय पाँच रुपैयाँ नगद बरामद भएको छ ।

नयाँबजारबाट आइतबार दिउँसो तास खेलिरहेको अवस्थामा, विजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलबाट सोमबार बिहान कौडा खेलिरहेको अवस्थामा र मोहरियाटोलबाट सोमबार राति तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.