Skip to content

भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते

उत्तरी भारतको पञ्जाब राज्यमा शुक्रबार पिकअप भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

पञ्जाबको सिखको पवित्र सहर अमृतसरबाट १४२ किलोमिटर दक्षिणपश्चिममा रहेको फिरोजपुर जिल्लाको मोर गाउँ नजिक उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार क्याटरिङ कम्पनीमा काम गर्ने २५ देखि ३० जनाको समूह पिकअप भ्यानभित्र रहेको थियो ।

प्रहरीले दुर्घटनाको बारेमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x