Nidan Media

‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक महासचिव प्रदीपकुमार ज्ञवालीले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै सम्भावना नरहेको बताएका छन् । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित काव्यगोष्ठीमा बोल्दै उहाँले निरङ्कुश राजतन्त्रका समयमा मात्र स्वतन्त्रता कुण्ठित भएको तर वर्तमानमा यस्तो अवस्था नआउने विश्वास व्यक्त गरे ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपाली संविधानले दक्षिण एशियामै उत्कृष्ट अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेको उल्लेख गर्दै यसलाई समृद्धि र रूपान्तरणको साधन बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा उहाँले द्वन्द्वपीडितको आवाज प्रस्तुत गर्ने ‘विनाअनुहारको रात’ शीर्षकको कविता वाचन गरेका छन् ।

कार्यक्रममा प्रदीपकुमार ज्ञवालीको साहित्यिक र राजनीतिक योगदानको कदर गर्दै प्रतिष्ठानले उहाँलाई सम्मान गरेको थियो। यसैगरी, साहित्य सन्ध्याका अध्यक्ष रामविनयलाई पनि सम्मान गरियो।

कार्यक्रममा कवि विनयका आधा दर्जन कविताहरू प्रस्तुत गरिए। वाचित कविताहरूमा समीक्षक डा. हरिप्रसाद सिलवालले कवि विनयको सृजनामा क्रान्तिकारीपन पाइने बताए ।

काव्यगोष्ठीमा नमूना शर्मा, गोपालकुमार मैनाली, नन्दु उप्रेती, अनुराधा थापा, बलराम विष्ट, नवीन पल्लभ लगायतका साहित्यकारहरूले कवितावाचन गरेका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.