छोरीको अनुहार सार्वजनिक नगरेकी अभिनेत्री रेखा थापा भन्छिन्, ‘मेरो छोरीलाई अहिल्यैदेखि क्यामेराको अघि लगेर मेरो काममा सँगसँगै लगेर म अहिले सेलीब्रेटी बनाउन चाहन्न । उसको आफ्नै परिचय हुनुपर्छ । रेखा थापाको छोरी भएकै कारण उसले मान– सम्मान पाउनु भएन ।
उनी थप सुनाउँछिन्, ‘मेरो शरीरबाट जन्म लिएपनि मेरो छोरी छुट्टै व्यक्ती हो । अहिले मैले सबैलाई उसको तस्विर देखाउला, क्यामेराको अघि लगौला मेरो इच्छाको कुरा गरौला तर पछि ठुली भएपछि मामु मेरो फोटो भिडियो किन सबै तीर राख्नुभएको ? किन देखाएको भनी भने मैले के जवाफ दीने ? यस कारण यो मेरो छोरीको अधिकार हो । रेखा थप भन्छिन्, यदि मेरो छोरी पछि फिल्म लाईनमै आउन चाही भनेपनी स्पोट लेडी देखी सङ्घर्ष गरेर आउँछे । मेरो सुनावाईमा उसले काम पाउने हुँदैन ।’