Nidan Media

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र गण्डकी प्रदेश भिड्दै

लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आइतबार लुम्बिनी प्रदेश र बाग्मती प्रदेश आमनेसामने भएका छन्। लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा लुम्बिनी प्रदेशले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।

प्रतियोगितामा हालसम्म लुम्बिनी प्रदेश अंक तालिकाको चौथो स्थानमा रहेको छ भने बाग्मती नवौँ स्थानमा छ। दुवै टिम आफ्नो स्थान सुधार्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। लुम्बिनी प्रदेशको कप्तानी १९ वर्षमुनिको राष्ट्रिय टिमको पूर्वकप्तान देव खनालले सम्हालेका छन् भने बाग्मती प्रदेशलाई अनुभवी क्रिकेटर पृथु बास्कोटाले नेतृत्व प्रदान गरेका छन्।

लुम्बिनी प्रदेशमा कप्तान खनालसँगै कृष्ण कार्की, सुशान्त थापा, मृनाल गुरुङ, अजय चौहान, आकाश त्रिपाठी, विकेटकिपर प्रज्वल थापा, निर्मल गुरुङ, नर सार्की, रमेश कुर्मी, वीर मगरलगायत खेलाडी रहेका छन्।

बाग्मती प्रदेशका कप्तान बास्कोटासँगै आशुतोष घिरैया, इशान पाण्डे, नन्दन यादव, रिजन ढकाल, रित गौतम, प्रतिश जिसी, सूर्य तामाङ, विकेटकिपर विवेक मगर, सोनु देवकोटा, विपिन आचार्यलगायत खेलाडी टिममा छन्।

लुम्बिनीले यसअघि खेलेका तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ। उसले कोशी प्रदेशलाई २६ रन र गण्डकी प्रदेशलाई १४ रनले पराजित गरेको थियो भने नेपाल पुलिस क्लबसँग ८७ रनको फराकिलो हार बेहोरेको थियो।

बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको थियो। तर, डर्बी एपीएफ क्लबसँग १०० रन र त्रिभुवन आर्मी क्लबसँग १३४ रनले पराजित भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगिता दाङ क्रिकेट संघको व्यवस्थापनमा सञ्चालन भइरहेको छ। प्रतियोगिता अवलोकन गर्न दर्शकका लागि भिआईपी टिकटको मूल्य २ सय रुपैयाँ तोकिएको छ भने अन्य दर्शकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रधानमन्त्री कप प्रतियोगिता अन्तर्गत ३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिम सहभागी छन्। रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला, एक्स्ट्राटेक ओभल मैदान र दाङको देउखुरी रंगशालामा खेलहरू भइरहेको छन्।

प्रतियोगिताका खेलहरू सिंगल राउन्ड रोबिनको आधारमा खेलाइँदै छन्, जसअनुसार प्रत्येक टिमले एकअर्कासँग खेल्नेछन्। प्रतियोगिता आगामी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.