Nidan Media

कस्तो रहला आजको मौसम ?

पाेखरा। नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभावले आज देशका विभिन्न भागमा वर्षा हुने सम्भावना छ।

जसकाे प्रभावले आज दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने  मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

आज राति पनि  गण्डकी, कोशी र बागमती प्रदेशको पहाडी भूभागमा मौसम सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी देशका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव र नदीनालामा जलस्तर बढ्न सक्ने चेतावनी दिएको छ भने यातायात क्षेत्र पनि प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.