Nidan Media

कास्की कारागारबाट लुटिएका हातहतियार बरामद

पोखरा । कास्की कारागारबाट मंगलबार लुटिएका हातहतियार नेपाली सेनाले बरामद गरेको छ । पोखरा र काठमाडौँबाट विभिन्न प्रकारका हतियार एवं गोलीगठ्ठा बरामद भएको सेनाले जनाएको छ

सेनाले बुधबार बिहान विज्ञप्ति प्रकाशित गरी बरामद हतियारबारे जानकारी गराएको हो । काठमाडौँको विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै विभिन्न ठाउँमा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ परेका छन् । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.