काठमाडौँ । शनिबार साँझ भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरे पनि दुवै टोली फिनिसिङमा कमजोर देखिएका छन् ।
अब यी दुई टोलीबीचको दोस्रो खेल मंगलबार हुनेछ ।
उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउटबाट विजेताको छिनोफानो गरिनेछ ।