गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको २४ घण्टा नबित्दै १३ लाख बढीले हेरेका छन्। सार्वजनिक भएदेखि नै चर्चामा रहन सफल गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । गीतमा महिलाको जीवनका विभिन्न पक्ष, सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई चित्रण गरिएको छ।
गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। विष्णु माझीको गीतले नेपाली समाजमा, विशेषगरी ग्रामीण क्षेत्रमा, एक महिलाको जीवनका विभिन्न पक्ष, उसका सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई उठाएको छ ।
विष्णु माझीको गीत कहिले आउँछ भनेर उनका फ्यानहरू निकै आतुर थिए र अन्ततः गीत निस्किएपछि सबैले मन पराएका छन् र तारिफ गरिरहेका छन्।