Nidan Media

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोष्टर सार्वजनिक

अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा हरिवंश आचार्यलाई मात्र प्रस्तुत गरिएको छ । यसले फिल्ममा उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ । हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको छ। यहि पात्रलाई झल्को दिने पोष्टर तयार भएको छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन्।

फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.