Nidan Media

दुर्गा प्रसाईंको धरौटी आदेश विरुद्ध सरकार सर्वोच्च जाने तयारी

दुई फरक मुद्दामा धरौटीमा रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइ आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालत जाने तयारी गरेको छ।

राजावादी आन्दोलन र बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले आइतबार प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनले सोमबार धरौटी बुझाएपछि कारागार प्रशासनले साँझ उनलाई रिहा र्गयो।

तर महान्यायाधिवक्ता कार्यालयले सो आदेश कानूनी व्यवस्था र न्यायको सिद्धान्त विपरीत भएको ठहर गर्दै बदरको मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता गर्ने तयारी थालेको हो।

कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार, ‘दुवै आदेश न्याय र विधिको शासन विपरीत छन् भन्ने निष्कर्षका साथ हामी सर्वोच्चमा जान लागेका हौं।’

यसका लागि आदेश र फाइल अध्ययन गर्न पाटनस्थित उच्च सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
१५ चैतको राजावादी आन्दोलन र बैंकिङ कसुरसम्बन्धी दुई फरक मुद्दामा उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

धरौटी रकम बुझाएर उनी सोमबार डिल्लीबजार कारागार पुगेका थिए। झन्डै दुई घण्टापछि रिहाइ प्रक्रिया सकिएपछि बेलुकी उनलाई जेलमुक्त गरिएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.