Nidan Media

हरामीचोकमा इभी र मोटरसाइकल ठोक्किएर दुर्घटना, १६ जना घाइते

पोखरा । मकवानपुरमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

बागमती गाउँपालिका वडा नं ४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०२-००१ ज ००७२ नम्बरको इभी गाडीले ना५प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हा् ।

ठक्करपछि इभी गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सोमा खसेको थियो ।

दुर्घटनामा इभी गाडीमा सवार यात्रुहरू र मोटरसाइकल चालकसहित १६ जना घाइते भएको र उनीहरूलाई प्रहरी टोली र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी साम्भी पोलिक्लिनिक र सहकारी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

हालसम्म घटनामा गम्भीर घाइतेको अवस्था नदेखिएको र सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बागमतीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.