Nidan Media

देशभर बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

पाेखरा । हाल नेपालमा मनसुनी वायुको कमजोर प्रभाव रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी तराई भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना छ।

साथै, बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाकाे सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.