Nidan Media

मनाङ-२ काे उपनिर्वाचन स्थगित

पोखरा । मनाङ-२ मा आगामी कात्तिक १७ गतेका लागि तय भएको प्रदेश सभा उपनिर्वाचन स्थगित भएको छ ।

निर्वाचन आयोगको आइतबारको बैठकले उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

यो क्षेत्रबाट निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि उक्त स्थान रिक्त छ ।

पछिल्लो बाढीपहिरोलगायतका विपद्का घटनाका कारण निर्वाचन सम्बन्धित कार्य पनि प्रभावित भएकाले तत्कालका लागि मिति स्थगित गर्ने निर्णय भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

प्रतिनिधि सभाकै निर्वाचन घोषणा भइसकेकाले अब त्यो काममा आयोग लागेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.