रामेछाप । अविरल वर्षासँगै रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा ठूलो क्षति पुर्याएको छ । जसका कारण बीपी राजमार्गमा यातायात सञ्चालन ठप्प भएको छ ।
भीषण बाढीले रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको छ ।
गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बीपी राजमार्गमा ठूलो क्षति भएको थियो ।
बाढीले बगाएको सडक अस्थायी रूपमा सञ्चालन गरिएको थियो । यस पटक पनि सोही सडक बगाएको हो ।
सडक बगाएपछि पूर्वबाट काठमाडौँ छिर्ने सवारीसाधन अब दोलखाको चरिकोट घुमेर काठमाडौँ आउजाउ गर्नुपर्ने बाध्यता भएको छ ।
बीपी राजमार्ग पुनर्निर्माण गर्न कम्तीमा सात दिन लाग्ने सडक विभागका महानिर्देशक विजय जैशीले जानकारी दिए ।
खोलामा पानीको बहाव कम भएपछि सडक मर्मतको काम थालिने उनले जानकारी दिए । खोलाले गत वर्ष जस्तै सडक कटान गरेको जैशीले जानकारी दिए ।