Nidan Media

सुनको भाउमा कीर्तिमानी उछाल : दुई दिनमै नाै हजार नाै सय रुपैयाँ बढ्यो, चाँदीको पनि उस्तै

पोखरा । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा दुई हजार पाँच सय र चाँदी ३० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आन छापावाला सुन प्रतितोला दुई लाख ३३ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ३० हजार छ सय रुपैयाँ रहेको थियो ।

दशैँअघि प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ दशैँकै अन्तिम दिनसम्म आइपुग्दा तोलामा नौ हजार नौ सय रुपैयाँले बढेको हो ।

यता आइतबार प्रतितोदा दुई हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको असली चाँदी सोमबार दुई हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.