Nidan Media

वर्षाका कारण नेपालमा भएको जनधनको क्षतिप्रति माेदीद्वारा दुःख व्यक्त

पाेखरा। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारी वर्षाका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गरेका छन् । साथै उनले भारत सँधै नेपाललाई सहयोगका लागि तयार रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री मोदीले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्वीटर) मार्फत एक सन्देश दिँदै लेखेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति अत्यन्तै दुःखद् छ । यस कठिन घडीमा हामी नेपाल सरकार र नेपाली जनताको साथमा छौँ । मित्र राष्ट्र र पहिलो प्रत्युत्तरदाताको हैसियतले भारत आवश्यक सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध छ ।’

नेपालका विभिन्न भागमा जारी भारी वर्षाले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् निम्त्याउँदै मानवीय तथा भौतिक क्षति पुर्याएको छ । उद्धार र राहतकार्य जारी रहेको अवस्थामा भारतले पुनः एक पटक छिमेकीको हैसियतले सहयोगको प्रस्ताव अघि सारेको हो । भारतले नेपालमा विभिन्न विपद्को बेला उद्धार, राहत तथा पुनर्निर्माणमा सक्रिय भूमिका खेल्दै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.