पाेखरा । इलाममा अविरल वर्षासँगैकाे बाढी र पहिरोमा परेर मृत्यु हुनेकाे सख्या ३५ पुगेकाे छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार अझै धेरै व्यक्ति बेपत्ता भएका छन् ।
सुरक्षाकर्मी निरन्तर उद्धार कार्यमा सक्रिय छ भने बेपत्ता तथा घाइतेको खोजी जारी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
अविरल वर्षा र पहिरोका कारण पहुँच मुस्किल भएका स्थानमा उद्धार कार्य चुनौतीपूर्ण रहेकाे प्रहरीकाे भनाइ छ ।
सबै प्रभावित क्षेत्रमा तत्काल राहत र सुरक्षा सुनिश्चित गर्न प्रयास जारी रहेकाे सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी कालीदास धौवजीले दिए ।