Nidan Media

सुन तोलाको दुई लाख ३० हजार ६ सयमा कारोबार, चाँदीको कति ?

काठमाडौँ । दशैँलगत्तै सुनचाँदीको भाउ आकाशिएको छ ।

दशैँ अघि असोज १२ गते प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार दुई लाख ३० हजार छ सय रुपैयाँ कायम भएको छ ।

दशैँ अघिको कारोबारको तुलनामा दशैँपछि आज एकै दिन सुनको भाउ तोलामा सात हजार चार सय रुपैयाँले बढेको हो ।

आज चाँदीको भाउ पनि प्रतितोला दुई हजार नौ सय ३० रुपैयाँ पुगेको छ ।

दशैँ अघि चाँदी प्रतितोला दुई हजार आठ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

महासंघले मूल्य सार्वजनिक नगरे पनि  सुनचाँदी दशैँ अविधभर पनि यही मूल्यमा काराेबार भएकाे थियाे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.