Nidan Media

पाँचथर दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो, को-को हुन् ?

पोखरा । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ कात्तिकेडाँडामा शनिबार भएको जीप दुर्घटनामा ज्यान गुमाउने छ जनासहित घाइतेको पनि पहिचान खुलेको छ ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका वडा नं ८ की २८ वर्षीया मनिषा कार्की, ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ५ की २९ वर्षीया युना तामाङ, ३३ वर्षीय धनकुमार चोङबाङ र ३२ वर्षीय अभिषेक लिम्बू, मेरिङदेन गाउँपालिका वडा नं २ का ३३ वर्षीय विनोद लङ्वा लिम्बू र मेरिङदेन गाउँपालिका वडा नं ४ का २१ वर्षीया गीता हाङगाम छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी सोही दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा मेरिङदेन गाउँपालिका वडा नं ५ का २२ वर्षीय महेश लिम्बू र २५ वर्षीय विमल लिम्बू, मिक्वाखोला गाउँपालिका वडा नं ४ का २५ वर्षीया मनु साँवा लिम्बू, सोही स्थानका सन्तोष लिम्बूका सात वर्षीय छोरा अनिश लिम्बू र ३० वर्षीय संजोहाङ लिम्बू तथा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ७ का ३५ वर्षीय महेश गुरागाइँ छन् ।

पाँचथरको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार दिउँसो कुम्मायक गाउँपालिका वडा नं ३ कात्तिके डाँडामा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुने सक्ने प्रहरीको अनुमान छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.