तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ साँखरमा सडक भासिएपछि पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।
यो सडक भासिएको स्थान विसं २०७९ जेठ २७ गते पनि भासिएको थियो। त्यतिबेला भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको भए पनि सोही ठाउँमा पुनः सडक भासिएको हो ।
भासिएको ठाउँमा सडक एकतर्फी सञ्चालन गर्दा पनि जोखिमयुक्त नै दखिन्छ ।
शनिबार दिउँसो ४ बजेतिर सडक भासिएको हो । तत्काल दुवैतर्फ प्रहरी खटाएर सुरक्षित रूपमा एकतर्फी सवारीसाधन आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण सडक थप कमजोर हुनसक्ने भएकाले यो खण्डमा यात्रा गर्ने सबैले उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।