पोखरा । आईसीसी टी-२० विश्वकप छनोटका खेल शुरू हुनुअघिको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको छ ।
शनिबार ओमानमै भएको खेलमा ओमानले दिएको एक सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमै पूरा गरेको हो ।
त्यसअघि ओमानले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११० रनको योगफल बनाएको थियो । नेपालले अब सोमबार कतारसँग खेल्नेछ ।