Nidan Media

बाग्लुङको ताराखोलामा जीप दुर्घटना, एकको मृत्यु, घाइतेलाई पोखरा ल्याइयो

फाइल तस्बिर

पोखरा । बागलुङमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा गलकोट नगरपालिका वडा नं ५ सर्दाखेतका २४ वर्षीय दिनेश थापा छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि गलकोट नगर अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

यस्तै, गम्भीर घाइते भएका सोही ठाउँका ४३ वर्षीय बिरवल परियारलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ भने अर्का घाइते ४ वर्षीय मिलन परियारको गलकोटमै उपचार भइरहेको छ ।

ताराखोलाबाट गलकोट नगरपालिका वडा नं ५ सर्दाखेत जाँदै गरेको ग१ज ६१०० नम्वरको जीप गाईघाट नजिकै सडकबाट २० मिटर तल खाेलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीप चालक पनि सामान्य घाइते भएको र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.