Nidan Media

आज कहाँ-कहाँ हाेला भारी वर्षा ?

पाेखरा । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसकाे प्रभावले आज (शुक्रबार) दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

दिउँसो गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभाग तथा मधेश प्रदेशलगायतका स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यसका साथै लुम्बिनी प्रदेशका तराई, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ भने गण्डकी, कोशी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यसका अतिरिक्त गण्डकी, कोशी, मधेस, बागमती, लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

सक्रिय मनसुनी प्रभावका कारण नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.