Nidan Media

प्रधानमन्त्री कार्कीद्वारा जेन-जी आन्दोलनका शहीद परिवारसँग भेटघाट

पाेखरा । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार नेपालीहरूको महान् पर्व विजयादशमी (बडादशैँ) का दिन जेन-जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेटघाट गरेकी छन्।

प्रधानमन्त्री कार्कीले बिहीबार अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गरेका हुन्।

यस वर्षको दशैँमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शोकका कारण राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजा कसैले पनि सर्वसाधारणलाई दशैँको टीका लगाइदिने सार्वजनिक कार्यक्रम राखेका छैनन्।

यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले भने दशैँको दिनमा ज्यान गुमाएका जेन-जी शहीदका परिवारसँग भेट गरी उनीहरूको शोकमा सहभागी भएकी हुन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.