काठमाडौँ । मलेसियाले अन्तर्राष्ट्रिय महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि एक सय पाँच रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय चार रनको योगफल बनाएको छ ।
मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।
नेपाली महिला टोलीले आगामी जनवरीमा आयोजना हुने टी-२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ ।
प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको हो ।