काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा मृत्यु भएका परिवारलाई भेट्ने भएकी छन् ।
प्रधानमन्त्री कार्कीले विजयादशमी टीकाको दिन बागलुङ घर भई हाल काठमाडौँको वनस्थली बस्दै आएका सौरनकिशोर श्रेष्ठको परिवारलाई भेट्ने भएकी हुन् ।
बिहीबार दिउँसो २ः४५ बजेसम्ममा उनको परिवारलाई वनस्थलीमै पुगेर कार्कीले भेट्ने समय निर्धारण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसपछि कार्कीले नागर्जुन नगरपालिका वडा नं ३ स्थित कान्छी नगरकोटीको परिवारसँग भेट्ने कार्यक्रम छ ।
साथै प्रधानमन्त्री कार्की कीर्तिपुरस्थित मैत्रीनगर जाने र त्यहाँ बुद्धिबहादुर तामाङको परिवारलाई भेट्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा विजयादशमीकाे टीका लगाएकी छैनन् ।