झापा । झापामा विजयादशमीको दिन बिहानै बस दुर्घटना हुँदा तीन जनाका ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरीको इटहरी नगरपालिका वडा नं ११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका वडा नं २ का ४२ वर्षीय राजकुमार चौधरी छन् । एक जनाकाे भने परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको बस बिर्तामोड नगरपालिका वडा नं ६ स्थित गिरीबन्धु टी-स्टेट अगाडि दुर्घटनामा भएको हो ।
घाइते सबैको बी एण्ड सी अस्पतालमा उपचार भइरकेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनापछि फरार भएका चालकको खोजी भइरहेको खड्काले जानकारी दिए ।