Nidan Media

घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

पोखरा । सर्लाहीमा माटोको ढिस्कोले पुरिएर बुधबार बिहान चार जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं ६ मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुन छन् ।

पुरिएका गम्भीर घाइते भएका चारै जनालाई स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएका थिए ।

अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको हरिपुवा नगरपालिका वडा नं १ हर्दी खोला किनारमा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा उनीहरू पुरिएको प्रहरी सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.