Nidan Media

विद्यालय भवन ढल्दा कम्तीमा ९१ जनाको मृत्यु

पोखरा । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो शहरको एक बहुतले इस्लामिक विद्यालय भवन ढल्दा कम्तीमा ९१ जनाको मृत्यु गएको छ ।

अझै धेरै मानिस भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ । अधिकारीका टोलीहरू बाँचेका व्यक्तिको खोजीमा निरन्तर खटिएको छ ।

विद्यालयका विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका समयमा भवन एक्कासि भत्किएको थियो ।

राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले विद्यार्थी उपस्थितिको विवरणअनुसार करिब ९१ जना अझै भवनको भग्नावशेषमुनि गाडिएको हुन सक्ने बताए ।

बेपत्ता हुनेको सही संख्या अझै पुष्टि गर्ने प्रयास भइरहेको बताएको छ । उद्धार टोलीले भग्नावशेषमुनि फसेकाहरूसम्म जीवनरक्षक आपूर्ति पु¥याउन विशेष ध्यान दिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.