पोखरा । जाजरकोटमा बुधबार बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नलगाड नगरपालिका वडा नं ५ बाटपोख्राका २२ वर्षीय निशान वली छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका भएका वलीको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।
दुर्घटनामा सोही ठाउँका रवीन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जीप पोख्रामा दुर्घटना भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।