पाेखरा। गोरखाको मनकामना केबलकार बुधबारदेखि तीन दिनका लागि बन्द गरिने भएको छ।
असोज १५ देखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने कम्पनीका व्यवस्थापक उज्ज्वल शेरचनले दिएको जानकारी दिए ।
बन्द गरिएपछि असोज १८ गतेदेखि भने पुनः नियमित सेवा सञ्चालनमा आउने बताइन्छ।
शहीद लखन गाउँपालिकास्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि यो केबलकार सञ्चालन भइरहेको छ।
मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।