Nidan Media

वेस्ट इन्डिजसँगको तेस्रो खेलमा नेपालको लज्जास्पद हार

पोखरा । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा भने नेपाललले लज्जास्पद हार व्यहोरेको छ । यस अघिका दुवै खेलमा वेस्ट इन्डिजलाई हराएको नेपालले तेस्रो खेलमा १० विकेटको हार व्यहोरेको हो । यो खेलमा वेस्ट इन्डिज पूर्णरूपमा हावी बनेको थियो ।

मंगलबार राति नेपालले दिएको एक सय २३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२दशमलव२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्यो । ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९दशमलव५ ओभरमा एक सय २२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन बनाए ।

वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले चार ओभरमा १५ रन दिएर चार विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे ।

नेपालले लगातार दुई जित निकालेर शृंखला यसअघि नै आफ्नो नाममा गरिसकेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.