Nidan Media

राँगा काट्ने क्रममा ग्रेण्डर मेसिनले आफ्नै खुट्टा काटिँदा रमेशको मृत्यु

झापा । राँगा काट्ने क्रममा ‘ग्रेण्डर मेसिन’ ले आफ्नै खुट्टा काटिँदा झापामा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं १ का ३५ वर्षीय रमेश परियार छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए । अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी गम्भीर घाइते भएका थिए ।

घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज ल्याइए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.