Nidan Media

प्रधानमन्त्री कार्कीद्वारा तीन सल्लाहकार नियुक्त

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छन् ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक अजयभद्र खनाल नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानून संकायमा स्नातकोत्तर अध्ययनरत हुन् ।

नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए ।

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन् । तिमिल्सिना ‘थापा फाउन्डेसन’ का अध्यक्ष हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.