Nidan Media

दशैँमा जुवातास खेल्ने नौ जना रंगेहात पक्राउ

पाेखरा । बडादशैँको बेला जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति मकवानपुरकाे मनहरि गाउँपालिका वडा नं ८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदर्शनसमेत नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख एक हजार दुई सय ५० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.