पाेखरा । चीनले दुई नयाँ उपग्रह परीक्षण गरेकाे छ ।
सोमबार दक्षिण पश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट यी दुई उपग्रह अन्तरिक्षमा पठाएको हाे ।
बेइजिङ समय अनुसार बिहान ११ बजे लङ मार्च-२ डी क्यारियर रकेटबाट परीक्षण उपग्रह प्रक्षेपण गरिएको थियो बताइएकाे छ ।
साथै उपग्रहहरू सफलतापूर्वक आफ्नो पूर्व निर्धारित कक्षामा प्रवेश गरेको चिनयाँ सञ्चारमाध्यमले जनाएका छन् ।
उपग्रह पृथ्वी अवलोकन प्रविधिको प्रयोगात्मक प्रमाणिकरणका लागि प्रयोग गरिनेछ ।
प्रक्षेपण लङ मार्च शृङ्खलाका बाहक रकेटहरूको पाँच सय ९८औं उडान अभियान थियो । एजेन्सी