Nidan Media

चीनले अन्तरिक्षमा पठायो दुई नयाँ उपग्रह

पाेखरा । चीनले दुई नयाँ उपग्रह परीक्षण गरेकाे छ ।

सोमबार दक्षिण पश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट यी दुई उपग्रह अन्तरिक्षमा पठाएको हाे ।

बेइजिङ समय अनुसार बिहान ११ बजे लङ मार्च-२ डी क्यारियर रकेटबाट परीक्षण उपग्रह प्रक्षेपण गरिएको थियो बताइएकाे छ ।

साथै उपग्रहहरू सफलतापूर्वक आफ्नो पूर्व निर्धारित कक्षामा प्रवेश गरेको चिनयाँ सञ्चारमाध्यमले जनाएका छन् ।

उपग्रह पृथ्वी अवलोकन प्रविधिको प्रयोगात्मक प्रमाणिकरणका लागि प्रयोग गरिनेछ ।

प्रक्षेपण लङ मार्च शृङ्खलाका बाहक रकेटहरूको पाँच सय ९८औं उडान अभियान थियो । एजेन्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.