पोखरा । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । यो वर्ष विश्व मुटु दिवस २०२५ को नारा ‘डन्ट मिस अ वीट’ रहेको छ ।
अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ ।
अहिले वर्सेनि मुटुको रोगबाट दुई करोड मानिस मर्ने गरेको उल्लेख गर्दै त्यसमध्येमा ६५ लाख मानिस अल्पायूमै मर्ने गरेका छन् । नेपालमा ३० हजार मानिस मुटुको रोगबाट मर्ने गरेका छन् । विकसित राष्ट्रभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको छ । विकसित राष्ट्रभन्दा मुटुको रोग जुन बढिरहेको छ, यसलाई रोकथाम गर्नका लागि एकदमै जरूरी छ । यो रोकथाम गर्नका लागि मानिसलाई सचेत बनाउन एकदमै जरुरी छ ।
मुटु रोग विश्वका लागि सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बनेको छ । पछिल्लो दुई दशकमा नेपालमा मुटु रोगको उपचार प्रणालीमा उल्लेखनीय सुधार आएको छ । हाल ९५ प्रतिशत मुटु रोगको उपचार नेपालमै सम्भव भएको छ । काठमाडौँलगायत प्रदेश स्तरीय अस्पतालमा समेत उपचार सेवाको पहुँच विस्तार भएको छ । पहिले भारत वा बैंकक जानुपर्ने अवस्था थियो । अहिले नेपालमै जटिल शल्यक्रिया गर्न सकिन्छ ।
तर, रोगको रोकथाम पक्षमा भने अझै गम्भीर कमजोरी रहेको छ । बच्चाहरूमा देखिने बाथ मुटु रोगलाई रोक्नेतर्फ राज्यको ध्यान पर्याप्त छैन । हाल विश्वभर ३३ प्रतिशत मानिस पूर्णतः शारीरिक रूपमा निस्क्रिय छन् । अर्का ३३ प्रतिशत मानिसको शारीरिक गतिविधि अपुग रहेको छ । यस्तो अवस्था मुटु रोग बढ्नुको प्रमुख कारण हो ।
दैनिक आधा घण्टा हिँड्दा मात्रै पनि मुटु स्वस्थ रहन सक्छ । व्यायाम वा हिँडडुललाई जीवन शैलीमा समावेश गर्नु अत्यावश्यक छ । सन्तुलित आहार, शारीरिक सक्रियता र धुम्रपान तथा रक्सीबाट टाढा रहने जीवनशैली अपनाएर ८० प्रतिशत मुटु रोग रोक्न सकिन्छ ।
हामीले जति सकिन्छ ताजा खानेकुरा खानुपर्छ, पत्रु खाना, बोतलका पेय पदार्थ र चिल्लो पदार्थबाट टाढा रहनुपर्छ । उच्च रक्तचाप ‘मौन हत्यारा’ हो । नेपालमा उच्च रक्तचाप भएका ८० प्रतिशत मानिस उपचार नै गराइरहेका छैनन् ।
स्वस्थ जीवनशैलीबाट ८० प्रतिशत मुट रोगका कारण ८० प्रतिशत स्वस्थ जीवन शैलीबाट रोक्न सक्छौँ । त्यसैले मिस नगरौँ उच्च रक्तचाप धेरैलाई छ । धेरै मानिसका उच्च रक्तचापबाट मृत्यु भइराखेको छ । तर जति उच्च रक्तचाप भएका रोगीहरू छन्, उनीहरूमध्ये जम्मा २० प्रतिशतले मात्रै उपचार गराइराखेका छन् । ८० प्रतिशतले उपचार मिस गरिरहेका छन् ।
वातावरणीय प्रदूषण विशेषगरी धुलोका सूक्ष्म कण र माइक्रोप्लास्टिकले मुटुरोगको नयाँ जोखिमका रूपमा पहिचान भइरहेका छन् । श्वासमार्फत शरीरमा प्रवेश गर्ने यस्ता कणहरूले मुटु र मस्तिष्कको रक्त नलीहरूमा ब्लकेज निम्त्याइ हृदयघात गराउने प्रमाण भेटिएको छ ।
सरकारलाई रोकथाममा लगानी बढाउन र आम जनतालाई पनि स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्न सकिन्छ । उपचारभन्दा पनि रोकथाममा लगानी गर्दा दीर्घकालीन लाभ हुन्छ । हामीले अब ‘बचेको मुटुलाई’ जोगाउनुपर्छ, बच्नका लागि आफैं सचेत हुनुपर्छ ।
काठमाडौँमा मात्रै नभएर अहिले काठमाडौँ बाहिर पनि मुटुको रोगको उपचारको विकेन्द्रीकरण भएको छ । प्रादेशिक अस्पतालमा धेरै मुटुका डक्टर पुगिसक्नुभएको छ । म के भन्न चाहन्छु भने नेपालमा अहिले झन्डैझन्डै ९५ प्रतिशत मुटुका रोगीको उपचार हुन्छ । केही केही रोगका लागि मात्रै बाहिर जानुपर्ने हुन्छ ।
प्रदूषणलाई पछिल्लो समय मुटुरोगको नयाँ जोखिम कारकको रूपमा हेरिएको छ । धुलो, प्लास्टिकको कण, ध्वनिको प्रदूषणजस्ता कारणहरूले पनि मुटुको रक्तनलीमा असर पुर्याइरहेको प्रमाणित भइसकेको छ ।
श्वासमार्फत शरीरमा पुगेको धुलो र माइक्रोप्लास्टिकको कणले रक्तनलीमा जमेर हार्ट अट्याक वा मस्तिष्कघात गराउने गरेको पाइएको छ । उपचारतर्फ नेपाल अगाडि बढेको छ, तर रोकथाममा ध्यान नदिँदा रोगको ग्राफ बढ्दो छ । सरकारले रोकथाममा बजेट छुट्याउनुपर्ने र जनस्तरमा सचेतना अभियान चलाउनुपर्ने आवश्यकतामा जोड दिए ।
(मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीसँगै गरिएको कुराकानीमा आधारित)