Nidan Media

केपी ओली र रमेश लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

पाेखरा । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई विदेश जान रोक लगाउने भएको छ ।

कार्की सरकारले गठन गरेको ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ओली र लेखकसहित पाँच जनाको नाममा विदेश जान रोक लगाउने सिफारिस गरेको हो ।

आयोगका आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा ओली र लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाउन सिफारिस गरेको हो ।

यो सिफारिससँगै कार्की सरकारले उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउने निश्चित छ । उनीहरूले काठमाडौँ उपत्यका छोड्नुपर्दा समेत सरकारको अनुमति लिनुपर्ने निर्णय गरिएको छ ।

अनुसन्धानको दायरामा रहेका कारण उनीहरुको विदेश भ्रमणमा रोक लगाउने र छानबिनको लागि कुनै पनि समयमा जाँचबुझ आयोगमा उपस्थित हुनुपर्ने भएकोले काठमाडौँ उपत्यका छोड्नु परेमासमेत अनुमति लिन निर्देश गरिएको हो ।

कार्की नेतृत्वको सरकारले गत भदौ २३ र २४ को जेन-जी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएको दमन र प्रदर्शनकारीहरुमाथि गोली चलाएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसमा ओली र लेखकसहित पाँच जनालाई विदेश यात्रामा रोक लगाएको हो ।

नेपालकै राजनीतिक इतिहासमा पहिलो पटक गत भदौ २३ गते एकैदिन १९ जनाको गोली लागेर मृत्यु भएको थियो ।

जेन-जी आन्दोलनका कारण अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ । ओली सरकारले अहिलेसम्मकै तानाशाही प्रवृत्ति अपनाएको विश्लेषणसमेत गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.