Nidan Media

चोरखोलामा गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

पोखरा । सल्यानमा आज बिहान भएको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराहीका लागि आउँदै गरेको लु२ख ६५०२ नम्बरको फोर्स गाडी कपुरकोट गाउँपालिका वडा नं ३ चोरखोलामा सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने तीनै जना रुकुम पश्चिमको बाफीकोट गाउँपालिकावडा नं ५ का हुन् । मृत्यु हुनेहरूमा अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् ।

गाडीमा सवार जम्मा पाँच जनामध्ये अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा बाफीकोट गाउँपालिका वडा नं ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.