Nidan Media

सुन-चाँदीको मूल्य इतिहासकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा सात सय र चाँदी ७० रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । आजको सुनको यो भाउ हालसम्मकै उच्च हो ।

यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार तीन सय र बुधबार दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबार प्रतितोला दुई हजार सात सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदी आज आइतबार दुई हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि इतिहासकै उच्च हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.