Nidan Media

नेपालले हरायाे वेस्ट इन्डिजलाई

पोखरा । नेपालले टी-२० आई खेलमा आफूभन्दा निकै बलियाे र बरीयतामा पनि निकै माथि रहेकाे वेस्ट इन्डिजलाई हराएकाे छ । याेसँगै वेस्ट इन्डिज टेष्ट खेल्ने राष्ट्र पनि भएकाले नेपालको यो जित ऐतिहासिक हो ।

शनिबार राति सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउन सफल भएको हो । नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रनमा सीमित भयो ।

जसमा नवीन विदायसीले सर्वाधिक २२, अमिर जाङ्गो र किएसी कार्टीले समान १९-१९ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले चार ओभरमा १७ रन दिएर दुई विकेट भने कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३८ रन, कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए । यस्तै, गुल्शन झाले २२ तथा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउन सफल भए ।

नेपालले जम्मा १२ रन बनाउँदा दुई विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे ।

वेस्ट इन्डिजका लागि जेसन होल्डर एक्लैले चार ओभरमा २० रन दिएर चार तथा नवीन विदायसीले चार ओभरमा २९ रन दिएर तीन र कप्तान अकिल होसेनले एक विकेट लिएका थिए । खेलको प्लेयर अफ दी म्याच नेपालका कप्तान रोहित पौडेल घोषित भए ।

कप्तान पौडेलले आज (शनिबार) को अवार्ड र जित जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति समर्पित गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.