Nidan Media

स्कारपियोले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु, एक गम्भीर

पोखरा । सर्लाहीमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाकाे ब्रह्मपुरी गाउँपालिका वडा न‌ं ५ स्थित हुलाकी सडकखण्डमा भारतीय स्कारपियोले तीन जना सवार मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउँपालिका वडा नं २ का २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो भने २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ।

पर्साबाट भेल्ही आउँदै गरेको एमएच ०४ डिजे १२९७ भारतीय नम्बर भएको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र सहनीलाई रामजानकी अस्पताल जनकपुर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । घटनालगत्तै फरार स्कारपियो चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.