Nidan Media

ज्योतिषशास्त्र : यस्ता छन् शनिबार जन्मिएका व्यक्तिका १६ विशेषता

पोखरा ।  मानिसको चालचलन, व्यावहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्दछ ।

मानिसको साल, महिना, गते,जन्म समय, तिथि, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुन्छ । मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मबारबाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ ।

शनिबार जन्मेका व्यक्तिहरू हरेक कुरामा पर्फेक्ट हुन्छन् । यस्ता व्यक्तिहरू निकै गम्भीर र जिम्मेवार स्वभावका हुने गर्दछन् । यस्ता व्यक्तिहरू निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुने गर्छन् ।

शनिबार जन्मिएका मानिसका आचरण

१‍‍. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । पाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईँ हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।

२‍. तपाईं हाइ क्लास वस्तुहरू मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।

३. तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।

४. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरूका लागि जे पनि गर्न तयार हुनुहुन्छ ।

५. तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न।

६. तपाईँलाई संगीत र खेलमा रुची हुन्छ ।

७. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरूलाई सहन सक्नुहुन्न । तपाईं जिद्धी हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने विचार राख्नुहुन्छ ।

८. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।

९. तपाईँको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

१०. यिनीहरू थोरै रिसालु र कडा मिजासका हुन्छन् । यिनीहरूको बाल्यकाल एकदमै कष्टपूर्ण बितेको हुन्छ । यिनले आफैं आफ्नो जीवन खुशी र सुखमय बनाउँछन् । यिनीहरुलाई खास गरी २०, २५ र ४५ वर्षको उमेरमा केही अप्ठ्यारा समस्या भोग्नुपर्ने हुनसक्छ ।

११. यिनले माया गरेका व्यक्तिको लागि सर्वश्व दिन तयार हुन्छन् । कडा बोल्ने र अन्याय नसहने कारण यिनले जीवनमा अनेक कठिनाई भोग्दछन् । यिनले निडर भई आफ्नो अभिमत परिवार र समाजमा प्रस्तुत गर्ने गर्दछन् ।

१२‍. यिनीहरू थोरै रिसाहा र जिद्दी भए पनि यिनको हृदय सफा नै हुन्छ । यी कसैलाई आफ्नो तर्फबाट दुःख दिन चाहँदैनन् तर कसैबाट धोका पाएको खण्डमा यिनीहरु दुश्मनलाई व्यवहार गरे जस्तै व्यवहार गर्दछन् ।

१३. धोकेबाझलाई यिनीहरू सास रहेसम्म असफल बनाउन लागि पर्दछन् । त्यसै कारण यिनीहरू कहिले काँही आफ्नो सारा जीवन दुश्मनीमा बिताइदिन पनि सक्छन् । यिनलाई कोही व्यक्ति मन परेन भने जीवनभर मन पर्दैन । कोही मन पर्यो भने जीवनभर साथ दिन्छन् ।

१४. यिनीहरू सौखिन जीवन रुचाउँछन् । यिनीहरू प्रायः, हाइ क्लास वस्तुको उपयोग मन पराउँछन् । यिनले प्रयोग गर्ने सामग्री परिवारको अन्य सदस्यको तुलनामा निकै महंगा हुन्छन् । यिनीहरू परिश्रमी हुन्छन् ।

१५.आफ्नो जिम्मेदारीलाई यिनले कहिले पनि हेलचक्राईं गरी छोड्दैनन् । यिनीहरू ढिलो सफल हुन्छन् तर जब सफल हुन्छन् जो कोहिले पनि यिनको प्रयासको सराहना गर्दछन् । यिनीहरू पनि मंगलबार जन्मने मानिस जस्तै हार्ड वर्क गर्न रुचाउने हुन्छन् ।

१६. यिनीहरूको प्राय गरी भाग्योदय विवाहपछि हुन्छ । यिनीहरू चाप्लुसी गर्न जान्दैनन् र चाप्लुसी गरेको मन पराउँदैनन् । कहिलेकाँही यिनीहरू आफ्नो प्रशंसा आफैं गर्न थाल्छन् र समस्यामा पनि पर्दछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.