पोखरा । धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनुनेमा जनकनन्दिनी गाउँपालिका वडा नं ५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् ।
सो दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय राहुल महतोको प्रादेशिक अस्पतालमा उपचार भइरहको छ ।
कमला नगरपालिका वडा नं २ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
उनका अनुसार तीनै जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लगमा बजारबाट जाँदै गर्दा दुर्घटना भएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





