Nidan Media

खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

पाेखरा। जाजरकोटमा खोलाले बगाउँदा एकै घरका दिदीबहिनीको ज्यान गएको छ ।

मृत्यु हुनेमा कुशे गाउँपालिका वडा न‌ं ७ समाकोटका १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरूको शव घरमा ल्याएर राखिएको र शनिबार शव परीक्षण गरिने उनले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.