काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल अमेरिका भ्रमणमा जाने भएका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन उनी अमेरिका जान लागेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरिसकेको छ ।
अर्थमन्त्री खनालसहित मन्त्रालयका सचिवसमेत सो बैठकमा सहभागी हुने बताइएको छ ।