Nidan Media

जेनजी आन्दोलन पश्चात् मुलुक गम्भीर मोडमा : विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पश्चात् मुलुक गम्भीर मोडमा रहेको बताएकी छन् ।

काठमाडौंमा शुक्रबार जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रियामा उनले मुलुक यस्तो अवस्थामा रहिरहन नसक्ने स्पष्ट पारिन् ।

उनले दलका नेताहरूले बाहिर धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने भन्दै आलोचना गरिन् ।

साथै भण्डारीले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

उनले मुलुकको समस्या समाधान निकाल्नुपर्ने भन्दै शान्ति, स्थायित्वका लागि विशेष ध्यान दिनुपर्ने बताइन् ।

उनले राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणका काम अगाडि बढाउन आग्रह गरिन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.